कतार विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कतार विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।

यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स,​ इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।

शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्नेछन्।

फ्रान्स र इंग्ल्याण्ड तेस्रो क्वार्टर फाइनलमा खेल्दा तथा अन्तिममा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?