धनगढी । कैलालीमा हसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ भने अर्का गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउपालिका-६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको हो ।
हसिया प्रहारबाट गम्भीर घाइते हुनुभएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते हुनुभएको छ । उहाँको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।
मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानाले उहाँहरूमाथि हसिया प्रहार गरेको प्रहरीले जनाएको छ । फरार रहेका उनको खोजी कार्य भइरहेको छ । हत्या गर्नुको कारण भने खुलेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच