चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, आजै अदालत फर्किने तयारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएसँगै जबराविरुद्धको महाअभियोग प्रस्ताव निश्क्रिय भएको हो ।

समाचार स्रोतका अनुसार प्रधानन्यायाधीशको हैसियतमा उहाँ अहिले ३ बजे सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रको कार्यकाल भने धेरै बाँकी छैन । उहाँ मंसिर २८ गते देखि सेवानिवृत्त हुनुहुने छ ।

के छ पत्रमा ?

जबराले आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिनु भएको थियो । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले निलम्बन फुकुवा गरिदिनु भएको हो ।

जबराले दिएकाे निवेदनकाे प्रतिउत्तरमा भनिएको छ, ‘महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?