चिनियाँ राष्ट्रपति सी रियादमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जानुभएको छ ।

तीन दिने भ्रमणका लागि उहाँ राजधानी रियाद पुग्नुभएको हो । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिनुभयो ।

राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो ।

व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?