चीलसँग ठोकिएको तारा एयरको जहाज सिमकोट विमानस्थलमा मर्मत हुँदै

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । बुधबार मध्याह्न चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाज हुम्लाको सिमकोट विमानस्थलमा मर्मत भइरहेको छ । आज विहान देखि पाँच जना इन्जिनीएरको टोली सिमकोट पुगेसँगै मर्मत कार्य जारी रहेको छ । बिहिबार प्राविधिकको टोली काठमाण्डौंदेखी हुम्ला पुगेसँगै मर्मत कार्य जारी रहेको सिमकोट विमानस्थलले जनाएको हो । बिहिबार मध्याह्नसम्म जहाज बनाएर सकिने भएको बताइएको छ ।

नोजमा चिल ठोकिँदा जहाजको नोचभित्र चील पसेको थियो । चील नोचभित्र पसे पनि जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । नोच भित्र रहेको चीललाई प्राविधिकको टोलीले बिहिबार बिहान निकालेको हो । आज मर्मत कार्य गरिने र मर्मत कार्य सकिएपछि भोली शुक्रबार तारा एयरले उडान भर्ने भएको सोही एयरलाइन्सका सिमकोटका कर्मचारीले बताएका छन् ।

अदानचुली गाउँपालिकामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अगाडीको भागमा क्षति भएको थियो । नेपालगञ्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर फिर्ता हुने क्रममा नाइन एन-एकेल कलसाइन भएको तारा एयरलाइन्सको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा उडेको करिब दुुई मिनेटपछि चीलसँग ठोकिएको हो ।

चीलसँग ठोकिएर विमानमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन । जहाजमा तीन जना यात्रुसमेत थिए । जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?