चन्द्रागिरि हिल्सको अफर

Read Time = 1 min

काठमाडौ । आइएमई पे वालेट एप प्रयोगकर्ताले आइएमई पे एपमार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेका विभिन्न सेवामा छुट पाउने भएका छन् । अफरमार्फत् प्रयोगकर्ताले जिप लाइनिङमा १५, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । हरेक दिन एक भाग्यशालीले चन्द्रागिरि केबलकारको निःशुल्क इभिनिङ टिकट जित्ने मौकासमेत पाउने कम्पनीले जनाएको छ ।

आइएमई पे र चन्द्रागिरि हिल्सबीच ‘फिल द एयर’ नामक अफरमा सम्झौता भएको छ । दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत फागुन १ सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने पाँच भाग्यशाली विजेताले प्रणय दिवसका दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?