सिंजामा मालपोत र नापी कार्यालय स्थापनामा अर्थ मन्त्रालयका कारण अन्योल

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । नेपाल सरकारको अर्थ मन्त्रालयले गरेको निर्णयले जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनामा शंका पैदा गरेको छ । हिमा, सिंजा र कनकासुन्दरी गरि तीनवटा स्थानीय तहको केन्द्र समेत रहेको नराकोटमा लामो समय पछि मालपोत र नापी कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगेको थियो सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो,'पुस २० गते अर्थ मन्त्रालयको निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापनामा अन्योल खडा भएको छ ।’

अर्थ मन्त्रालयको सो निर्णयले सिंजाका स्थानीयवासीलाई दुखित बनाएको भन्दै सामाजिक संञ्जालमा विरोध हुन थालेको छ । सिंजाली जनताको बर्सौदेखिको माग पूरा गर्नेका लागि अर्थ मन्त्रालयसँग ताकेता गरी जसरी पनि सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना गर्नेका लागि यहाँका सबै राजनीतिक दल र नि.वर्तमान र वर्तमान सांसद्हरुले यो विषयमा कडाइका साथ सांसद्मा आवाज उठाउन अति आवश्यक रहेको स्थानीयले बताएका छन् ।
सिजा गाँउपालिकाको गाँउ सभाको निर्णय र माग पत्र गरि सम्बन्धि निकाय पेस भइकेको छ । मालपोत र नापी कार्यालय जुम्लाको सिफारिस, जिल्ला प्रशासन कार्यालयको सिफारिस, तत्कालीन सांसद गजेन्द्रबहादुर महतले भुमिसुधार मन्त्रालयमा दिनु भएको सिफारिस सहितको निवेदन पेस गरेको अध्यक्ष धितालको भनाइ छ ।

भुमिसुधार मन्त्रलायले जुम्लास्थित सर्वपक्षिय निर्णय को माग गरि पठाएको पत्र र हिमा, कनकासुन्दरी पालिकाको सहित जिल्ला समन्वय समितिको जुम्लाको बैठकको निर्णय समेत पठाएको छ । जुम्लास्थित नेकपा एमाले , नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेमकिपा, राप्रपा समेतका दलहरुको सर्वदलीय निर्णय गरि पठाएको छ । मालपोत विभागको राय समेतको सिफारिस र नापी विभागको सिफारिस राय समेत सहित भुमिसुधार मन्त्रालयको चरणबद्ध निर्णय भुमिसुधार मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको थियो । तर, अर्थ मन्त्रालयको निर्णयले भुमिसुधार मन्त्रालयले काम गर्न नसकिने भनि जवाफ दिएको सिंजा गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?