दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुईजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

बिहीबार राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गंगाबहादुर कुँवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही–७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते हुनुभएको छ ।

घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताउनुुभयो ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?