युवा संघद्वारा प्रधानमन्त्री दाहालको राजीनामा माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका नेता, कार्यकर्ताले शुक्रवार काठमाडौंमा विरोध प्रदर्शन गर्दै रिगल भनिने गुण्डा नाईके योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश दिएकाले नैतिकताको आधारमा प्रधानमन्त्री दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजीनामा दिनुपर्ने बताएका हुन् । काठमाडौंको बिजुलीबजारबाट नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै संघका अध्यक्ष क्षितिज थेवेले जघन्य अपराधका घटनामा संलग्नलाई आममाफी दिने प्रधानमन्त्री, गृहमन्त्री र कानूनमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले सामाजिक सदभाव कायम गर्न हिँडेका आफ्ना संगठनका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष थेवेले भन्नुभयो, ‘आज सर्वोच्चले फैसला गरेर त्यो आममाफी लगत थियो भनेर उनलाई तत्काल नियन्त्रण गर भनेपनि आज कानूनमन्त्रीले, आज गृहमन्त्रीेले, प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने ? हाम्रो प्रश्न यो हो । अनि, आज सुशासन कायम गर्ने भन्ने सामाजिक सुशासनका लागि हिँडेका युवाहरुलाई दिनदहाडै नियन्त्रण गरिन्छ, गुण्डागर्र्दीलाई प्रश्रय दिइन्छ । अराजकता र अवसरवादलाई प्रश्रय दिईन्छ । सामाजिक अराजकतालाई प्रश्रय दिइन्छ । हत्याराहरुलाई प्रश्रय दिइन्छ ।’

प्रदर्शनकारीहरुले सरकारले तस्करी, अराजकता र अवसरवादलाई प्रश्रय दिने काम गरेको भन्दै नाराबाजी गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?