काठमाडौं । चलचित्र ‘भूठान’ निर्माणको घोषणा गरिएको छ । सन् २०१९ मा चलचित्र बुलबुल निर्देशन गरेर ९२औं अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाउनुभएकाका विनोद पौडेलले नयाँ चलचित्र ‘भूठान’ निर्माणको घोषणासहित को पोस्टर सार्वजनिक गर्नुभएको हो ।
नेपालीमा ‘भूठान’ र अंग्रेजीमा‘द वल्र्डस् हृयाप्पिएस्ट म्यान’नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजाचन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुबन्धित हुनुभएको छ ।
चलचित्रमा हलिउडका एक प्रसिद्ध कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको पनि निर्मातामध्येका एक राजेन्द्र ठकुराठीले जानकारी दिनुभयो । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हो । उहाँले ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसक्नुभएको छ ।
चलचित्र भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको छ । यस चलचित्रमा सन् २०१७ मा अस्कर अवार्ड जित्नुभएका निर्माता स्टार झाउ पनि एसोसिएट निर्माताकोे रूपमा जोडिनुभएको छ । चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनुहुने बताइएको छ । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य हुनुहुन्छ भने शैलेश मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, सञ्जीवभार श्रेष्ठ, नवराज पराजुलीको सहनिर्माण रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा हुनेछ । नेपाली एवं अंग्रेजी भाषामा निर्माण यो चलचित्रको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्ने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि बोहोरा, विशाल डोटेल, समुन्द्रराज घिमिरेले निर्देशनमा सहयोग गर्नुहुनेछ ।
चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच