स्वास्थ्यका लागि गोलभेँडा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । हाम्रो भान्सामा पछिल्लो समय गोलभेँडा (टमाटर) अनिवार्य जस्तै भएको छ । दाल तरकारीका साथै अचार तथा सुपका लागि यो अनिवार्य जस्तै भएको छ । गोलभेँडाबिना तरकारीको स्वाद र रङ नै खल्लो हुन थालेको हामी सबैको अनुभव छ । गोलभेँडा सबैमा मिल्ने तरकारी हो । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । यसबाहेक गोलभेँडाको अचार असाध्यै स्वादिलो हुन्छ । गोलभेँडामा भिटामिन ‘सी, लाइकोपेन, भिटामिन, पोटासियम’ पर्याप्तमात्रामा पाइन्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने बताइन्छ ।

गोलभेँडाले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ भन्ने विज्ञहरूको राय छ । बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ । विभिन्न अध्ययनले यसमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन् । अध्ययनकै अनुसार गोलभेँडाले मानव शरीरको डिएनए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको सम्भावना पनि कम गराउँछ । हरेक चिजका फाइदासँगै बेफाइदा पनि छन् । यस्तै, गोलभेँडाका पनि केही बेफाइदा रहेका छन् । यसको प्रयोगले एसिडिटी बढ्न सक्ने बताइन्छ ।

यस्तै, गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायक मानिन्छ । पेटमा जुका वा अन्य किरा भए गोलभेँडाको रसमा मरिच मिसाएर खाँदा फाइदा पुग्छ । गोलभेँडाको गुदीलाई अनुहारमा लगाउँदा अनुहारमा चमक आउँछ । बच्चाको मानसिक तथा शारीरिक विकासका लागि पनि गोलभेँडा फाइदाजनक रहेको विज्ञहरूको भनाइ छ । यसमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ भन्ने विज्ञहरूको राय छ । बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ । विभिन्न अध्ययनले यसमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन् । अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएनए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको सम्भावना पनि कम गराउँछ ।

हरेक चिजका फाइदासँगै बेफाइदा पनि छन् । यस्तै, गोलभेँडाका पनि केही बेफाइदा रहेका छन् । यसको प्रयोगले एसिडिटी बढ्न सक्ने बताइन्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरीरमा अम्लियको मात्रा बढ्छ । टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरूका कारण शरीरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै स्टोन निर्माण गर्छ । टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईंको शरीरमा दुर्गन्ध फैलाउने काम गर्छ ।

पाचनका समयमा यसको विघटन, शरीरको दुर्गन्ध पैदा गर्छ । यदि तपाईंलाई ग्याँसको समस्या छ भने गोलभेँडाको प्रयोग कम नै गरेको राम्रो । त्यस्तै, युरिक एसिडको समस्या भएकाले यसबाट टाढा नै बसेको राम्रो मानिन्छ । पछिल्लो समय गोलभेँडा खेती गर्दा अत्यधिक रासायनिक मल तथा विभिन्न औषधिहरूको प्रयोग गरिन्छ । यसका कारण शरीरमा ब्लडप्रेसरको समस्या पैदा गराउने गरेको पनि विभिन्न अनुसन्धानबाट बाहिर आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?