सरकार र प्रतिपक्षीको द्वन्द्वका कारण संसद बन्दी भयो : प्रमुख सचेतक परियार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउन नचाहेको बताउनुभएको छ ।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने र प्रमुख प्रतिपक्ष उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने हुनाले संसद बन्दी भएको बताउनु भयो । उहाँले सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरु परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रीतपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिनेमा अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन । सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ । हामीले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् सरकारले भन्ने हो । सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ ।’

प्रमुख सचेतक परियारले सरकार र प्रतिपक्षको द्वन्द्वका कारण संसद बन्दी भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?