बेंगलोरमाथि मुम्बईको सानदार जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सूर्यकुमार यादव र नेहाल वादेराको सानदार साझेदारीमा मुम्बई इन्डियन्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरमाथि ६ विकेटको सानदार जित दर्ता गरेको हो ।

बेंगलोरले दिएको २ सय रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बईको जितमा सूर्यकमार यादव तथा निहाल वादेराले अर्धशतकीय ईनिङ्स खेले । सूर्यले ३५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ८३ रनको सानदार ईनिङ खेले ।

तेस्रो विकेटका लागि सूर्यले निहाल वादेरासँग मिलेर ६४ बलमा १ सय ४० रनको सानदार साझेदारी गरे । यही विष्फोटक साझेदारीले नै जितको आधार तय भयो ।

नेहालले ३४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५२ रन बनाए ।

त्यसअघि ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन जोड्यो ।

कप्तान फाफ डु प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गरेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ६१ बलमा १ सय २० रनको साझेदारी गरेका थिए ।

कप्तान डु प्लेसिसले ४१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ्स खेले । म्याक्सवेलले ३३ बलमा ८ चौका तथा ४ छक्काको सहयोगमा ६८ अर्धशतकी ईनिङ्स खेले ।

विराट कोहलीको पहिलो ओभरमा नै १ रनमा आउट भएका थिए ।

यस जितसँगै ११ खेलमा ६ जित र ५ हारसँगै १० टोली सहभागी लिगमा मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

बेंगलोर भने ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको सातौं स्थानमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?