मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

हिमालय टाइम्स
Read Time = 1 min

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ ।

पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

विभागकाअनुसार मेलम्ची नदी नाकोतेको जलसतह बढ्दो छ ।

सिन्धुपाल्चोकको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै, मेलम्ची नगरपालिका-२ निबु गाउँमा गएराति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?