कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पामा कार र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका-३ आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा कार र मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-१ रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा शुुक्रबार राती तानसेनस्थित युुनाइटेड मिसन अस्पतालमा मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो । उहाँका अनुसार तानसेनबाट राम्दीतर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्वरको मोटसाइकलले सोही दिशातर्फ जाँदै गरेको लुु १ क १७६४ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ९२९९ नम्वरको कारसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्को एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटसाइकलको पछाडी सवार ओमसोतिया-१ कै ३० वर्षीय भिमबहादुर बस्याल रहेको प्रहरीले जनाएको छ । उहाँको मिसन अस्पतालमा उपचार भइरहेको र अवस्था सामन्य रहेको छ । ट्रक र कार चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?