उत्पीडित वर्गका लागि लडेको पार्टी भित्रै अन्याय भयो : नेता चदाँरा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । नेकपा माओवादी केन्द्रले गरेको समानुपातिक उम्मेदवार छनोट बारे कालीकोटका दलित नेतृत्वहरुले आलोचनासँगै बिरोध जनाएको छ ।

२०६४ मा बिजयी नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पछि कालीकोटमा दलित समुदायले नेतृत्व गर्ने अवसर नपाएको नेता दिनेश चदाँराले अभिव्यक्ति दिनुभएको छ ।

दस वर्षे जनयुद्धमा दलित समुदायकै उच्चतम भूमिकामा उपलब्ध लोकतन्त्र जनयुद्धको आधार भूमि कालीकोट अहिले राज्यको हरेक क्षेत्रमा बिहिन रहेको भन्दै उत्पिडित समुदायको अपमान भएको बताउनुभयो ।

करिब १४ वर्षपछि पनि दलित समुदायको नेतृत्वलाई पार्टीले ठाउँ दिन नसकेको गुनासो गर्नुभय‍ो ।

उत्पिडित वर्ग संघर्षको भट्टिबाट खारिएर आएको माओेवादी पार्टीले यस्तो हेपुवा प्रवृत्ति गर्छ भन्ने लागेको पनि थिएन नेता चदाँराले भन्नुभयाे,
नेतृत्वपंक्ति मात्र हैन सम्पूर्ण कालीकोटका दलित समुदायको अपमान हुँन पुगेको दुखेसो समेत पोख्नुभयो ।

२०५८ साल देखि कृयाशिल राजनीति गर्दै आएको आफु लगायत कुनैपनि दलित समुदायको नेतृत्वलाई पार्टीले कुनै पनि अवसर दिएको छैन । साना तिना जिल्लाका राजनिती नियुक्ति सम्म पार्टीले दिन नसकेको उहाँले बताउनुभयो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनको बेला वडा सदस्य हराउन समेत लागेको पार्टी भित्रकै आन्तरिक तत्वले २०७९ सालको नगरपालिका प्रमुख हराउन लागेको आरोप लगाउनुभयो । दलित, जनजाति तथा पछाडि परेको वर्गको लागि लडेको पार्टीले यतिसम्म अन्याय गर्छ समेत लागेको थिएन ।

यस्तै प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार विष्नुबहादुर विक ( बिकल्प) ले पनि पार्टीले अझै दलित समुदायको प्रतिनिधित्व बिहिन बनाएको भन्दै समाजिक संञ्जाल फेसवुकमा बिरोध तथा आपत्ति जनाउनु भएको छ ।

नेकपा माओवादीले हिजो मात्र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार मनोनित गरेको थियो । उक्त सिटमा कालीकोट बाट समानुपातिक भित्र दलित नपारेको भन्दै जताततै आलोचना र बिरोध भईरहेको छ । नेकपा एमाले बाहेक अन्य दलले दलित समुदायलाई उपेक्षा गरेको देखिन्छ । नेकपा एमालेले २०७४ सालको निर्वाचनमा नरपति सुनारलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेपछि सांसद बन्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?