अष्ट्रेलियामा संघीय निर्वाचनका लागि मतदान

Read Time = 2 mins

मेलर्वन । अष्ट्रेलियामा संघीय निर्वाचनका लागि मतदान भएको छ । शनिबार देशभर संघीय निर्वाचनका लागि मतदान भएको हो । स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म भएको थियो ।

निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन् ।

उनीहरूमध्ये कुनै एउटा पक्षलेमात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशंकू संसद् बन्नेछ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ । त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नुपर्छ । अष्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पु¥याउनका लागि कम्तीमा ७६ सिट जित्नुपर्दछ । अष्ट्रेलियाको तल्लो संघीय संसदमा १५१ सिट रहेको छ ।

अष्ट्रेलियामा १८ वर्ष पूरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । देशभरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?