गण्डकी र शुभकामनाको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुल र शुभकामनाले टप्स अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेका छन् । दुवैले दोहोरो जित निकालेका थिए । मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९-५ र महर्षिलाई १३-१२ तथा शुभकामनाले ल्याण्डमार्कलाई २२-५ र संस्कृतिलाई १७-१४ ले पराजित गरे ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगितामा तेजस्वी र नवोदितले पनि दोहोरो जित आत्मसात गरे भने तेजस्वीले सुप्रिमलाई ८-२ तथा निम्बललाई ९-३ ले हरायो । नवोदितले श्वेता सदनमाथि ३३-२८ तथा संस्कृतिमाथि २१-१० को जित रच्यो ।

अन्य खेलमा हृवाइट हेभनले लर्निङ जोनलाई २१-१८, लालीगुराँसले लिटिल ब्लोसमलाई ३१-११, महर्षिले इडिफाइलाई १२-६ र बेलमोन्टले निम्बलाई ८-२ ले पाखा लगाए । त्यस्तै, लर्निङ जोनले लिटिल ब्लोसमलाई ९-५ र श्वेता सदनले ल्याण्डमार्कलाई २९-१५ ले पन्छाए । तीनदिने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको टप्सका अध्यक्ष आरसी भट्टले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?