पर्यटन प्रवद्र्धनका लागि अरुण डाँडामा महोत्सव

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

निरोज कोइराला/हिटा
भोजपुर । आन्तरिक तथा बाहृय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाको अरुण डाँडामा महोत्सव सुरु भएको छ । आगामी २६ गतेसम्म चल्ने महोत्सवको नारा ‘पौवादुङ्मा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान, संस्कृति सम्पदा आन्तरिक तथा बाहृय पर्यटन महोत्सव’ भन्ने रहेको छ ।

पौवादुङ्मा गाउँपालिका-१ श्यामशिलाको अरुण डाँडामा सुरु महोत्सवमा आगन्तुकहरूलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने अरुण प्रवद्र्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले बताउनुभयो ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको विकास तथा प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष सुब्बाको भनाइ रहेको छ । महोत्सवमा पर्यटनलाई प्रवद्र्धन गर्ने विभिन्न स्टल, खेलकुद, पिङ, स्थानीय कृषि उत्पादनको प्रदर्शनी राखिएको छ । यस्ता महोत्सवले जिल्लाभित्रका पर्यटकीय क्षेत्रहरू चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्यहाँ पुग्नुभएका सञ्जीव कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘यहाँबाट विभिन्न हिम शृखंलाहरूको पनि अवलोकन गर्न सकिन्छ, पर्यटकीय हिसाबले यो ठाउँ उत्कृष्ट छ ।’

गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, ‘आन्तरिक तथा बाहृय पर्यटकको आवागमनमा समेत वृद्धि हुने हाम्रो अपेक्षा छ, पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध ढंगले काम गरिरहेको छ, सोहीअनुसार यो महोत्सव पनि आयोजना भएको हो ।’ महोत्सवमा गायक शम्भु राई, सुनिता थेगिम, श्रीकृष्ण लुईंटेल, बालचन्द्र बराल, सुमन थापा मगर, तेजेन्द्र गन्धर्वलगायतका कलाकारहरूको समेत सहभागितामा सांगीतिक कार्यक्रम हुनेछ । महोत्सवमा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?