नेक्ससलाई फुटबल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीले पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । नेक्ससका अंकित आले मगरले २ तथा राज मगर र अनिश थापा मगरले एक-एक गोल गर्नुभयो । उपाधिसँगै नेक्ससले ५० हजार तथा बेस्ट ग्रुपले २५ हजार नगद पुरस्कार पायो ।

नेक्ससका अंकित आले मगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो । गोलरक्षकमा लाइसियम प्याराडाइस एकेडेमीका प्रदीप बोहरा, डिफेन्समा नेक्ससका एकराज विक, मिडफिल्डमा बेस्ट ग्रुपका निश्चल बमजन र स्ट्राइकरमा नेक्ससका अनिश थापा मगर उत्कृष्ट चुनिनुभयो । नेक्ससका राजेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक ठहरिनुभयो । ग्लेडस्टोन अनुशासित टिम बन्यो ।

विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्व-अध्यक्ष कर्माछिरिङ शेर्पा, नेक्ससका संस्थापक प्रिन्सिपल आरबी कट्वाल, राष्ट्रिय फुटबल टोलीका पूर्व–कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । मंसिर ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विवेक कट्वालले जनाउनुभएको छ । प्रतियोगिता नेक्सससहित संकटा युथ क्लबको संयुक्त आयोजनामा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?