काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’को चौथो संस्करण हुने भएको छ । मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’को चौथो संस्करण हुने भएको हो । वुमनियाको प्रस्तुतिमा आयोजक मोडल सङ्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुला गरेको छ ।
प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती÷महिलाहरूले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको बताइएको छ ।
यस संस्थाले नेपालमै पहिलो पटक मोटोपना भएका युवाहरूका लागि ‘मिस्टर प्लस साइज नेपाल’को आयोजना समेत गर्दै आएको छ । आयोजक संस्थाकी इभेन्ट म्यनेजर स्वस्ती दंगालका अनुसार राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिवार (डिसेम्बर २४) हुने अडिशनबाट छनौटमा परेका प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।
मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘प्लस साइज मोडल नेपाल २०२३’मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेनेछ ।
चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साइज युवती÷महिलाहरूलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ व्यावसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासँग आफू जोडिन पाउँदा खुशी लागेको वुमनियाकी सञ्चालिका प्रियंका बोथ्राले जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच