भारतीय कांग्रेसका नेता तथा स्वतन्त्र सेनानी लाला लाजपत रायले भनेका थिए अतीतलाई हेरिरहनु व्यर्थ हो, जबसम्म यो अतीतमाथि गर्व गर्न योग्य भविष्य निर्माणका लागि कार्य गरिँदैन । अहिले राजा तथा हिन्दू राष्ट्रको पुनस्र्थापनाका लागि पसल खोलेर बसेका राजनीतिक उद्योग तथा संघसंस्था अनगिन्ती छन् तर यिनी आपसमा एकत्रित हुन चाहँदैनन् । लक्ष्य एउटै बाटो फरक । सबैको आ-आफ्नो स्वार्थ छ । कोही सच्चा मनबाट यो लक्ष्यमा पुग्न लागिपरेका छन् र कोही विदेशीको इसारामा यो लक्ष्यलाई बिथोल्न राजावादीको आवरणमा राजसंस्था तथा हिन्दू राष्ट्रको मकुण्डो लगाएर सडकमा आएका छन् । सबैले राजसंस्थाको अतीतलाई सम्झेर गर्व गर्न बिर्सँदैनन् तर एउटै मालामा गाँसिन चाहँदैनन् ।
कसैको राष्ट्रिय स्वार्थले र कसैको विदेशीको स्वार्थले । जनतालाई भ्रम छर्नेहरूको बगाल यहाँ धेरै छ । विभिन्न आवरणमा रहेका राजनीतिक दलहरूको जन्मस्थली विदेशमा भएको र उनीहरू बाहिरबाट परिचालित भएकाले जति ठूलो राष्ट्रियताको गफ दिए पनि उनीहरू कुनै अवस्थामा राष्ट्रवादी होइनन् न भविष्यमा हुन सक्नेछन् । कांग्रेस र कम्युनिष्ट र मधेसवादी दलहरूको जन्मदाता भारत, रास्वपा, जनमत पार्टीलगायत खुद्रा दलहरूको जन्मदाता अमेरिका तर यी सबैको केन्द्रबिन्दु भेटिकन हो ।
नेपाली जनता रनभुल्लमा छन् । को सक्कली को नक्कली चिन्न गाह्रो छ । सबै सक्कली आवरणमा छन् । प्रायोजित यो व्यवस्थाका जन्मदाताहरूले आफ्ना स्वार्थका लागि आफ्नो बचाउमा षड्यन्त्र गर्नेछन् र जसरी भए पनि आन्दोलनमा दमन गरेर तुहाउने काम गर्नेछन् ।
नेपालमा मात्र होइन भारतमा पनि कम्युनिष्ट पार्टीको जन्मदाता कसैको सोभियत संघ र कसैको चीन हो भने कांग्रेसको बेलायत । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष भइसकेका नेता लाला लाजपत रायले कांग्रेसको जन्मको ३१ वर्षपछि सन् १९१६ मा प्रकाशित उनको पुस्तक युवा भारतमा कांग्रेसको जन्मदाता अंग्रेज भएको स्वीकार गरेका छन् । उनले लेखेका छन् । कांग्रेसको स्थापना साम्राज्यको हितका लागि भएको हो । उनले उपशीर्षकमा लेखेका छन्, यो स्पष्ट छ कि त्यो समयमा कांग्रेसको स्थापनामा आउने खतराहरूबाट ब्रिटिश साम्राज्यलाई बचाउन नै गरिएको थियो न कि भारतलाई स्वतन्त्र गर्न ।
समयमा ब्रिटिश साम्राज्यको सुरक्षाको प्रश्न नै मुख्य थियो, भारतको हित गौण थियो । त्यसबेला ब्रिटिश साम्राज्य भारतमा रहिरहनु उचित हो भन्ने ठम्याई भारतीय राष्ट्रिय कांग्रेसको थियो । उक्त पुस्तकमा लाला लाजपत रायले लेखेका छन् यो आन्दोलन न त जनताको प्रेरणाले आरम्भ गरिएको थियो र न यसको योजना उसले बनाएको हो । साँचो यो हो कि यसको पछाडि भारतवासीको आन्तरिक प्रेरणा छँदै थिएन । भारतीय मानिसहरूको कुनै अंशले यस आन्दोलनसँग आफूहरूलाई पूर्णरूपेण जोडेनन्, जसले उसलाई यो भरोसा हुन्थ्यो कि यस आन्दोलनको सुचारु सञ्चालनका साथ उसको अस्तित्व नै जोडिएको छ । यो आन्दोलन एउटा अंग्रेज भायसरायको सल्लाहले एउटा अंग्रेजद्वारा सुरु गरिएको हो ।
यसको नेतृत्व गर्ने ती मानिस थिए जो कि त सरकारी जागिरे अथवा यो सैवासँग कुनै पनि रूपले सम्बद्ध थिए अथवा तिनीहरूकै लागि सरकारले यस्ता अवसर बनाएका थिए । यी मध्ये अनेकौं मानिस सरकारी जागिरमा प्रवेश पाउन चाहन्थे अथवा सरकारसँग आफ्नो महत्व वा आफ्नो सार्वजनिक भावनालाई मनाउन चाहन्थे । भारतीय राष्ट्रिय कांग्रेसको जन्मदाता ए.ओ.हृयुम थियो, सन् १८८५ मा यिनले नै कांग्रेसलाई जन्म दिएका थिए । कांग्रेसलाई जन्माउनु अगाडि यी सिआइडी विभागको चीफ थिए । सन् १८५७ को स्वतन्त्रता आन्दोलनमा यिनकै गुप्तचरीले हज्जारौं क्रान्तिकारीहरूको हत्या गरिएको थियो । यिनको यो कामका लागि सरकारले यिनलाई कलेक्टर बनाएर इटावामा पठायो । त्यहाँ यिनले बाह्रजना किसान क्रान्तिकारीलाई थानामा जलाएर हत्या गरेका थिए ।
फलस्वरूप हज्जारौं किसानले यिनको घर तथा कार्यालय घेरे । आफ्नो ज्यान जोगाउन उनले नारी पहिरन लगाएर, चुरा, सिन्दुर लगाएर त्यहाँबाट भागेर आग्रा छावनी पुगे । भारतीय कांग्रेसको जन्मदाता यिनी नै थिए । यता नेपाली कांग्रेसको जन्मदाता त्यही भारतीय राष्ट्रिय कांग्रेस हो । कम्युनिष्टको जन्मदाता पनि उही हो । पछिल्लो माओवादी प्रकरणमा उनले कांग्रेसको नीतिविपरीत गएर साइमन कमिसनको विरोधमा सन् १९२८ मा आन्दोलनमा भाग लिए र प्रहरीको लाठीचार्जबाट सख्त घाइते भएर १७ नोभेम्बर १९२८ मा यिनको मृत्यु भयो ।
आगामी दिनमा सक्कली र नक्कली राजावादीहरूले (यद्यपि राजाको कुनै वाद छैन, राजाको वाद भनेकै राष्ट्रवाद हो) यो व्यवस्था फाल्न आन्दोलन गर्ने भएका छन् । नक्कली कथित राजावादीको उद्देश्य भारतीय कांग्रेसको उद्देश्य जस्तै उनीहरूको मालिकको स्वार्थ रक्षाका लागि सक्कली नेतृत्वको आन्दोलनलाई तुहाएर मालिकको आशीर्वाद लिनु हो । नेपाली जनता रनभुल्लमा छन् । को सक्कली को नक्कली चिन्न गाह्रो छ । सबै सक्कली आवरणमा छन् । प्रायोजित यो व्यवस्थाका जन्मदाताहरूले आफ्ना स्वार्थका लागि आफ्नो बचाउमा षड्यन्त्र गर्नेछन् र जसरी भए पनि छद्मभेषी राजावादीमार्फत भए पनि आन्दोलनमा दमन गरेर तुहाउने काम गर्ने प्रयत्न गर्नेछन् ।
उनीहरूको प्रयत्न सफल हुन्छ कि असफल हुन्छ भोलिको दिनमा थाहा हुनेछ । कतै यो आन्दोलन चीनको बक्सर आन्दोलन जस्तो त हुने छैन ? नेपालको भविष्यका लागि चीनको इतिहासमा बक्सर आन्दोलनको महŒवपूर्ण स्थान छ । यो विद्रोह इ हो चुआन, अटूट भ्रातृत्व, सोसाइटी अफ रिलिजिअस हार्मोनी नामक एउटा गुप्त संस्थाबाट सम्बन्धित थियो । यस संस्थाका सदस्यहरूको विश्वास थियो कि शक्ति व्यक्तिको हातमा निहित हुन्छ । यिनीहरूले चीनको विशेष परिस्थितिको मूल्यांकन गर्दै सन् १८९९ को अन्त्यमा विदेशीविरोधी अभियानको आरम्भ गरे । यसका कारण थिए विदेशीविरोधी भावना । चीनमा पश्चिमी साम्राज्यवादको क्रुर पञ्जा उनीहरूबाट स्पष्ट देखिन्थ्यो ।
सन् १८४२, १८५८, १८६० र १८९४-१८९५ मा चीनलाई विदशी शक्तिहरूसँग पराजय भोग्नुपर्यो । यो चीनको राष्ट्रिय अपमान थियो । चीनबाट विदेशमा गएर अध्ययन गर्ने विद्यार्थीहरू जब आफ्नो देश फर्केर आफ्नो देशका अवस्था विदेशसँग गर्न लागे उनीहरूले चीनको अधोगतिका लागि पश्चिमा साम्राज्यवादलाई दोषी देखे । उनीहरूले विदेशीलाई चीनबाट बाहिर निकाल्न सुधार योजना आन्दाल आरम्भ गरे । विदेशी शक्तिहरूको प्रभावले चीन सरकारले यस आन्दोलनलाई दबाएर कुल्चियो । यसले चीनमा विदेशीविरुद्ध विरोधको आवाज गुञ्जिन थाल्यो । चीनमा सर्वत्र एउटै नारा गुञ्जिन थाल्यो देशलाई बचाऊ, विदेशीहरूलाई नष्ट गर ।
चिनी सरकारको निर्बलता चीनमा शासनमा रहेको मञ्चु सरकारले जसरी चीनको आन्तरिक विद्रोहलाई दमन गर्न विदेशी शक्तिहरूको सहयोग लियो, त्यसले मञ्चु सरकारको निर्बलतालाई उजागर गर्यो । चीनमा यो आवाज उठ्न लाग्यो कि जनसरकारको विदेशीसँग गठबन्धन छ उसलाई सत्तामा रहने कुनै अधिकार छैन । सरकारको निर्बलता त्यस समयमा झन स्पष्ट भयो जब चीनको छ प्रान्तहरूमा भीषण अनिकाल पर्यो । यालु नदीको किनाराको गाउँहरू बाढीको चपेटामा आयो जब जौ र गहुँ बाली नष्ट भयो सरकार बाढी पीडितलाई सहयोग गर्न पूर्ण रूपमा असफल भयो ।
बक्सर विद्रोह दमनबाट पतन भए तापनि यसको दूरगामी प्रभाव स्वरूप सन् १९११ को चीनको सफल क्रन्तिको जन्म हो । विदेशीबाट प्रायोजित यो व्यवस्थाको शासकवर्ग उनीहरूको कठपुतली हुन् । हामीले यसबाट शिक्षा लिँदै रणनीति बनाउने कि ?
जब चीनमा साम्राज्यवादी आफ्नो पञ्जा कसिरहेका थिए त्यस समयमा भारत, बर्मा, फिलिपिन्स आदि देशहरूमा पश्चिमी साम्राज्यवादी शक्तिहरूले आफ्नो साम्राज्य कायम गरी सकेका थिए । चिनियाँ जनतामा साम्राज्यवादीहरूको खुनी नंग्राहरू एशियामा फैलिरहेकाले उनीहरू भयभीत थिए । चीनमा युरोपियनहरू व्यापार गर्ने उद्देश्यले आएका थिए र विस्तारै चीनको उद्योग व्यापारलाई आफ्नो हातमा लिँदै गए र खानी र रेलवेमा पनि उनको अधिकार जम्दै गयो, चिनीयाँहरू झन् भयभीत गए । बक्सर आन्दोलनका लागि धार्मिक कारण पनि एउटा मुख्य कारण हो । पश्चिमा व्यापारीसँग पादरी सँगसँगै आएका थिए ।
उनीहरूले गरिब चिनियाँ जनतालाई प्रभाव र प्रलोभनमा पारी इसान बनाउँदै गइरहेका थिए । जसरी आइएनजिओहरू यहाँ आएर इसाईकरणलाई तीव्र पारेका छन् । उनीहरूले चीनको प्राचीन सभ्यता, संस्कृति र परम्परा तथा धर्म समुल नाश गर्नतिर लागे जस्तै नेपालमा भइरहेको छ । कन्फुशियस र ताऔको निरादार सामान्य चिनी वर्गको सहनशक्तिको बाहिर थियो । इसाई धर्म मिसनरीहरूले त चिनियाँ धर्म, सभ्यता र संस्कृतिको निरादार गर्थे नै तर देशी इसाईहरू पनि उनीहरूभन्दा कम नभएको देखेर चिनियाँहरू विदेशी इसाईहरूभन्दा देशी इसाईमाथि बढी उग्र रूपमा अगाडि आउन थाले । चिनियाँ जनतालाई यसले झन् भयभीत गरायो कि अब हाम्रो धर्म, सभ्यता, संस्कृति र परम्परा झन खतरामा छ । अतः उनीहरूको आक्रोश इसाईहरूप्रति झन् उग्र हुँदै गयो र विद्रोहको रूप लियो ।
बक्सर विद्रोहको प्रारम्भ सन् १८९९ मा विदेशमा पढेर आएका युवाहरूबाट सुरु हुन्छ । १८९९ को अन्त्यतिर सांतुंग प्रान्तमा विदेशीविरोधी अभियान प्रारम्भ हुन्छ । यसमा उनीहरूले विदेशी इसाई धर्म प्रचारक र देशी इसाईहरूको आमहत्या गरे, चर्चहरूमा आगो लगाइदिए । रेलवे लाइनको काठहरू उखालेर फालिदिए । यो विद्रोह सांतुंंगबाट चिहली प्रान्तसम्म फैलिन्छ । कारण थियो सांतुंङको गभर्नर इसाईहरूको विरोधी थिए । विद्रोह बढ्दै गएपछि चीन सरकारले विदेशीहरूलाई चौबीस घण्टाभित्र राजधानी छोड्ने आदेश दिए । तर यसैबीच जर्मनी राजदूतको हत्या भयो ।
सन् १९०० मा विद्रोहीहरूले सबै विदेशीहरूलाई लखेट्दै बेजिङका दूतावास इलाकामाबन्द गरिदिए । चीन सरकार पहिले तटस्थ बसेको थियो, पछि दबारियाले उचाले पछि ऊ पनि विद्रोहीहरूको पक्षमा लाग्यो र विदेशी शक्तिविरुद्ध युद्धको घोषण ग¥यो । ५५ दिनसम्म विदेशीहरू दूतावास इलाकामा थुनिए । चिनी सरकारले कहिले भन्थ्यो विदेशीहरूलाई मार्ने हो र कहिले भन्थ्यो विदेशीहरूसँग शान्ति बहाल गर्ने हो । विदेशी शक्तिहरूले यो विद्रोह कुल्चिन आठ राष्ट्रको राष्ट्रिय गुट बनायो जसमा अष्ट्रिया, हंगेरी, फ्रान्स, जर्मनी, इटली, जापान, रुस, ब्रिटेन र अमेरिका थियो ।
यस गुटले अमेरिका, फ्रान्स, ब्रिटेन र जापानबाट बीस हजार सेना झिकायो । विदेशी सेना चीनमा आएपछि चीन सरकार र विदेशी सेनाबीच युद्धको सम्भावनाले भयभीत भएर चीन सरकारले विदेशी शक्तिहरूको सहायताले विद्रोहलाई कुल्चिन प्रारम्भ गर्यो । यसरी यो विद्रोह कुल्चियो र समाप्त भयो । विद्रोह समाप्त भएपछि पश्चिमाशक्तिहरूले चीनसँग एउटा सम्झौता गर्यो । जसअनुसार चीन सरकारले उनीहरूलाई ४५ करोड पाउण्ड जरिवाना तिर्नुपर्ने भयो, सँगसँगै, धेरै सैन्य किल्ला भत्काउनुपर्ने भयो, चीनले दुई वर्षसम्म विदेशबाट हतियार किन्न नपाउने भयो, विदेशीसँग माफी माग्नुपर्ने भयो, जीवित विद्रोहीहरूलाई चीन सरकारले दण्ड दिनुपर्ने भयो, हांथुंग र मुकदेन प्रान्तमा विदेशीहरूले व्यापार गर्न र बस्न पाउने भए, विदेशी नागरिक र देशी इसानहरूको सुरक्षा गर्नुपर्ने भयो, जुन-जुन ठाउँमा विद्रोह भएको थियो ती प्रान्तका जनतालाई सरकारी सेवाबाट वञ्चित गरियो र थप अन्य प्रावधान राखियो सन्धिमा ।
मञ्चु सरकारले सहर्ष यो सन्धिमा दस्तखत गरेकाले यसलाई लज्जाहीन सरकार भनिन्छ । इतिहासकार लट्रेटको भनाइमा, बक्सर विद्रोहको परिणामतः चीनको राष्ट्रिय ऋणमा वृद्धि भयो । उसको घोर अपमान भयो र वस्तुतः अब उसको स्थिति अधीनस्थ देश जस्तै भयो । बक्सर विद्रोह दमनबाट पतन भए तापनि यसको दूरगामी प्रभाव स्वरूप सन् १९११ को चीनको सफल क्रन्तिको जन्म हो । विदेशीबाट प्रायोजित यो व्यवस्थाको शासकवर्ग उनीहरूको कठपुतली हुन् । हामीले यसबाट शिक्षा लिँदै रणनीति बनाउने कि ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच