लुम्बिनी बैंकको नायब सिइओमा आचार्य

Read Time = 2 mins

काठमाडौं । लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुमन आचार्यलाई नियुक्त गरेको छ । नवनियुक्त नायब सिइओ आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकका विभिन्न विभागमा उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

२२ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गर्नुभएका आचार्य सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शीर्षस्थान तथा विश्वविद्यालयस्तरमा दोस्रो स्थानमा उत्तीर्ण भई उत्कृष्ट थेसिस लेखनबापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित हुनुभएको थियो ।

उहाँले सन् २००० मा साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट व्यवस्थापन प्रशिक्षार्थीका रूपमा सुरु गरी सिभिल क्यापिटल मार्केटको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?