अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेलमैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताउनुभयो ।
‘खेलाडी उत्पादन गर्न तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?