काठमाडौं । भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको सहकार्यमा सोमबार काठमाडौंको वसन्तपुरमा रक्तदान शिविरको आयोजना गरेको छ । रक्तदान शिविरमा भिभोका कर्मचारी, भिभो फ्यान, ग्राहकलगायतको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । शिविरमा ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको बताइएको छ ।
रक्तदानले दुर्घटनाका घाइते, गम्भीर बिरामीलगायतलाई उपचारका विभिन्न चरणमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताका लागि पनि फाइदाजनक हुने कम्पनीको भनाइ छ । भिभो नेपालका सिइओ माइकलले भन्नुभयो, ‘एक विश्वव्यापी र सामाजिकरूपमा जिम्मेवार ब्राण्डका रूपमा हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा खुसी छौँ ।
हाम्रो लक्ष्य भनेको मानिसलाई सकारात्मकरूपमा लाभान्वित र सशक्तीकरण गर्ने गतिविधिमा भाग लिने र सहजीकरण गर्ने हो । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच