पाल्पामा नवजात शिशु मृत फेला

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-५ बसपार्क नजिकै नवजात शिशुु मृत फेला परेको छ । आज विहान बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक/दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशु (बालिका) को शव फेला परेको हो ।

नहरमा नवजात शिशुु मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई रामपुर अस्पताल पठाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?