आफू जन्मिएको घरको झ्यालबाट हेर्दै राष्ट्रपति भण्डारी

हिमालय टाइम्स
Read Time = 3 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ मा रहेको जन्म गाउँ जानुभएको छ । उहाँ आफ्नो जम्म घर पनि पुग्नुभएको छ ।

उहाँ आफनै गाउँमा बनेको श्रीराममिथिला बहुप्राबिधिक शिक्षालयको उद्घाटन गर्न बुधवार भोजपुरको मानेभञ्ज्याङ आउनु भएको हो ।

राष्ट्रपति भण्डारीले जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

'अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो प्राविधिक शिक्षालयले यहाँको शिक्षाको विकास महत्वपूर्ण भूमिका खेल्नेछ । शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ ।'

जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिनुभएको हो ।

तस्वीर : निरोज कोइराला र राज विष्ट / भोजपुर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?