२०७९ साल जेठ १ गते आइतबारको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ १ गते आइतबार, ई.सं. १५, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष चतुर्दशी, नक्षत्र- स्वाती, योग- व्यतीपात, करण- वव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१७, सूर्यास्तः १८ः४५ ।

मेष : लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् ।

वृष : मनोरञ्जनमा सहभागी भइएला ।

मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

सिंह : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ ।

तुला : यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

वृश्चिक : अध्ययन-अध्यापनमा आलस्यता बढ्नेछ ।

धनु : दाम्पत्य जीवनमा मनमुटाव र वैमनस्यता देखिनेछ ।

मकर : आज वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कुम्भ : राज्य पक्षबाट दण्ड, जरिवानाको भागिदार बन्नुपर्नेछ ।

मीन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?