सामसुङ इनोभेसन क्याम्पस स्थापना

Read Time = 3 mins

काठमाडौं । इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसुङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सिएसआर कार्यक्रम सामसुङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ । कार्यक्रमअन्तर्गत कम्पनीले नेपाली युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमा तालिम दिइनेछ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पु¥याउँछ ।

सामसुङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसुङ साउथ वेष्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले संयुक्तरूपमा गर्नुभएको हो । सो अवसरमा इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधरराम जोशीको उपस्थिति रहेको थियो ।

सामसुङ साउथ वेष्ट एसियाका नेपाल कार्यालयका हेड पार्कले भन्नुभयो, ‘सामसुङमा सह-समृद्धि हाम्रो मुख्य मूल्यमध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौँ । हाम्रा ग्लोबल सिएएसआर कार्यक्रम सामसुङ इनोभेसन क्याम्पसमार्फत् नेपालका युवाको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौँ ।’ सामसुङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ । पाठ्यक्रमका लागि छनोट गर्नुपर्ने पूर्वशर्तमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।

२०१९ मा सुरु भएको सामसुङ इनोभेसन क्याम्पस जुन सामसुङको ‘टुगेदर फर टुमोरो’ को ग्लोबल सिएसआर भिजनको हिस्सा हो । जसले मानिसलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवालाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिमा अनुभव गर्न तालिम प्रदान गर्छ र उनीहरूलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?