काठमाडौं । शिवम् सिमेन्ट्सले लगानीकर्तालाई आर्थिक बर्ष ०७८/०७९ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति १०८औं बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीको पुस २९ गते साधारणसभा हुने भएकोले सोही दिन प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
चुक्ता पूँजी चार अर्ब चालिस करोडको करसहित १०.५३ प्रतिशतको दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
साथै, कम्पनीको पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् भने कम्पनीले पुस २० गते सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच