युक्रेनी सैन्य जनरल भन्छन्- ‘सिंगो युक्रेन कब्जा गर्ने रणनीति रूसको छ’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् ।

युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् ।

उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको पनि बताएका छन् । रुस र युक्रेन दुवै देशले क्रिसमसको बेला समेत युद्ध बिराम नहुने बताईरहेको बेला एकले अर्को पक्षमा बमबारी गर्ने क्रम पनि तीब्र भएको छ ।

युक्रेनले रूसी नियन्त्रणमा रहेको दोनेत्स्क क्षेत्रमा बमबारी गरेपछि रूसले युक्रेनका मुख्य शहरहरूमा पुनः बम वर्षा गरेको छ । युक्रेनी जनरलले रुसको मुख्य निशाना पूर्वी क्षेत्रको बख्मुत क्षेत्र भए पनि उसले दक्षिण शहरहरू खर्सोन र जापोरिजिया क्षेत्रमा पनि दैनिक आक्रमण गरिरहेको पनि बताएका छन् ।

गत महिना रूसी सेनाले परित्याग गरेको भनिएको खर्सोनमा रुसको पछिल्लो आक्रमणबाट दुई जनाको मृत्यु भएको र सो शहरमा बिजुली तथा पानीको आपूर्ति बन्द भएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?