शिभाली र आद्या गल्र्स सिंगल्सको फाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका शिभाली गुरुङ र आद्या पौडेल २०औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट-१ को गल्र्स सिंगल्सको फाइनलमा प्रवेश गर्नुभएको छ । दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्नुभएको हो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले प्रशंसा मोक्तानलाई ७-५ र ६-० तथा आद्याले स्वस्तिाका विष्टलाई ६-१, २-६ र ६-३ को सेटमा पराजित गर्नुभयो । ब्वाइज सिंगल्समा नेपालका आयुशमान हजुर घलेले बंगलादेशका मोहम्मद तन्विर मुन तुसारलाई ६-३ र ६-३ तथा भारतका भिभान मिर्धाले भारतका जिबुलाई ६-४ र ६-० को सोझो सेटमा हराउनुभयो ।

ब्वाइज डबल्समा हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीले बंगलादेशका मोहम्मद अली होसेन र मोहम्मद तन्विर मुन तुसारको जोडीलाई ६-२ र ६-२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो ।

गल्र्स डबल्समा नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीले भारतका प्रेरणा सन्ट्रा र सान्भी रेडी भ्युन्द्यालाको जोडीलाई ५-७ र ६-१ (१०-६) ले पन्छ्याउँदै फाइनलमा पुग्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?