कामनाको एससिटी-युपिआई डेबिट कार्ड

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ एससिटी-युपिआई डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले शुुक्रबार संयुक्तरूपमा एससिटी-युपिआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानालगायत बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । उक्त सेवाले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?