कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनमा तिब्रता दिएको छ ।
दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुँन् सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमनलाई तिब्रता दिएको हो ।
नगरपालिकाले मंगलबार रास्कोट नगरपालिकाको आरसीपी बजारमा रहेका खाद्यान्न पसलहरुमा दाल, चामल, चाउचाउ, बिस्कुट, दालमोट, लगायतका बस्तुहरुको अनुगमन गरिएको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो ।
नगर प्रमुख शाहीका अनुसार दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुनसक्ने भएकाले अनुगमनलाई तिब्रता दिनुपर्ने उहाँले बताउनुभयो । जहाँ म्याद सकिएका समाग्री फेला पर्छ त्यहीँ नै नष्ट गर्ने गरी बजार अनुगमन गरिएकोे प्रमुख शाहीले जानकारी दिनुभयो ।
दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाई गरिएको प्रमुख शाहीको भनाइ छ । उहाँले भननुभयोे, “हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैं तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ ।”
चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ गर्ने निर्णय गरिएको नगर उपप्रमुख मनिराज बरालले बताउनुभयो, उहाँले भननुभयो, “कालोबजारी, मिसावट लगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिने निर्णय गरिएको छ, कालोबजारी गर्नेलाई कारवाही हुनेछ ।”
अनुगमन टोलीले ग्रामीण क्षेत्रका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएको लगायत विषयमा अनुगमन गरेको छ । अनुगमनमा जनप्रतिनिधि, नगर प्रहरी, स्थानीय र पत्रकारको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच