काठमाडौं महानगरको नीति तथा कार्यक्रम : महानगरलाई पर्यटनमैत्री साँस्कृतिक सहरका रुपमा स्थापित गर्ने (पूर्णपाठ)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

बुधबार महानगरपालिकाका मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न १० वटा महानगर गौरवका योजना घोषणा गरिएको छ ।
काठमाडौं महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुनेगरी ३ वर्षभित्र सम्पन्न हुने १० वटा योजनालाई ‘महानगर गौरवका योजना’ भनिएको छ ।

मेयर शाहले गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै महानगरलाई पर्यटनमैत्री साँस्कृतिक सहरका रुपमा स्थापित गर्ने बताउनु भयो ।

काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटन: महानगरको धन योजना सञ्चालन गरिने भएको छ । न्याय तथा कानूनी परामर्शका लागि न्याय चौतारी पनि अघि सारिएको छ ।

काठमाडौं महानगरबासीको दैनिक समस्यालाई समााधन गर्न, सेवा प्रभावकारी बनाउन र शहरी शासनको सवाललाई दिगो व्यवस्थापन गर्न आवश्यक योजनालाई स्वर्णिम योजना भनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, स्थानीय आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्नुपर्ने हरेक वडाबाट प्राप्त भएका योजनाहरूलाई प्राथमिकता प्राप्त योजनाका रूपमा कार्यान्वयन गरिनेछ पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

हेर्नुहोस् महानगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?