आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

तस्बिर : सामाजिक सञ्जाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै छ । आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।

नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान स् उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइँदैछ ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

पुस ७ गतेसम्म विभिन्न कार्यक्रम हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिकको रूपमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?