माओवादी केन्द्र रुपन्देही इन्चार्जले दिए पदबाट राजीनामा

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिनुभएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिनुभएको हो ।

रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम कलस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?