सेयर लगानीकर्ताका लागि स्मार्ट कारोबार एप

Read Time = 3 mins

काठमाडौं । सेयर लगानीकर्तालाई सहजतासाथ प्राविधिक विश्लेषणको सुविधा प्रदान गर्दै स्मार्ट कारोबार मोबाइल एप सञ्चालनमा आएको छ । होम सर्भिस ट्रेड लिंक प्रालिले विकास गरेकोे एप यसअघि अनौपचारिकरूपमा सञ्चालनमा आए पनि अहिले ‘फुल भर्सन’ लञ्च भएको हो । कम्पनीका अनुसार एक वर्षअघि नै स्मार्ट कारोबारको ‘बेटा भर्सन’ सार्वजनिक भए पनि तथ्यपरक तथ्यांक उपलब्ध गराउने प्रणाली विकासमा समय लागेका कारण स्मार्ट कारोबारको अपडेटेड भर्सन लन्च हुन सकेको थिएन । सबै प्राविधिक कमीकमजोरी सुधारपछि होम सर्भिसले स्मार्ट कारोबार एप गुगल प्लेस्टोरमा उपलब्ध गराएको हो ।

एपमा प्राविधिक विश्लेषणका अतिरिक्त वाचलिस्ट, लाइभ डाटा, एभरेज प्राइस, कम्पनी स्टाटस, कोरिलेसन, अड लट, फिबोनाची, न्यारो रेन्ज जस्ता फिचरहरू छन् । एप सेयरसम्बन्धी अनुभव भएका व्यक्तिमात्र नभई सेयर बजारको ज्ञान नभएकाका लागि निकै उपयोगी हुने होम सर्भिस ट्रेड लिंकका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठको दाबी छ । उहाँले भन्नुभयो, ‘म आफैं प्राविधिक विश्लेषण गर्छु । आफू पनि सक्रियरूपमा सेयर कारोबार गरिरहेका बेला कम्पनी एनालाइसिस गर्न समय लाग्ने भएकाले लगानीकर्ताको समय बचतका लागि सूचीकृत सबै कम्पनीको रियलटाइम एनालाइसिस एपमा उपलब्ध गराइएको हो ।’ श्रेष्ठका अनुसार अडलटको सेयर किनबेचका सम्बन्धमा जानकारी आदानप्रदान गर्न अडलट फोरम पनि एपमा उपलब्ध छ भने एपमा उपलब्ध गराइएका फिचरबारेमा प्रयोगकर्तामा कुनै द्विविधा भएमा निःशुल्क तालिम प्रदान गरिनेछ ।

प्याकेजमा उपलब्ध गराइएका सेवा प्रयोग गर्न प्रयोगकर्ताले बेसिक प्याकेज तथा प्रिमियम प्याकेज खरिद गर्न सक्ने र एप प्रयोगकर्ताले १५ दिनसम्म परीक्षणका लागि सबै फिचर निःशुल्क प्रयोग गर्न पाउने बताइएको छ । पछि भने बेसिक प्याकेज मासिक एक सय ९९ र प्रिमियम प्याकेज मासिक तीन सय ९९ रुपैयाँमा लिन सकिनेछ । प्याकेजको वार्षिक भुक्तानीमा ३५ प्रतिशत छुट हुनेछ । साथै तीनजनालाई रिफरल पठाएर एक महिनाको प्रिमियम प्याकेज निःशुल्क प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?