झापा । झापाको चारआलीस्थित जंगलमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । अर्जुनधारा-११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती मृत फेला परेको प्रहरीले जनाएको छ ।
चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ वर्षीय लिम्बू र नाम नखुलेकी उनकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको जनाइएको छ।
शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले प्रहरीले जनाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच