लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको पार्टी होइन एमाले : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वोपरी भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताउनु भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र जनतालाई सर्वोपरी ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताउनु भयो ।

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैं देश र जनताको पक्षमा रहने बताउँदै उहाँले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदाएका पार्टीप्रति व्यंग्य गर्नुभयो ।

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भन्नुभयो, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र वलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित् छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?