विद्युत प्राधिकरणको नाफा अझै बढ्ने कुलमान घिसिङको दाबी

फाईल तस्बिर

Read Time = 1 min

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताउनु भएको छ। प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उहाँले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताउनु भयो । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उहाँले बताउनु यभो । प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझै बढ्ने उहाँको भनाइ छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उहाँले विद्युत उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?