डोटीमा नेविसंघले गर्‍यो जिल्ला प्रशासन कार्यालय घेराउ

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ । विवाद हुँदा क्याम्पसको मतदान रोकिएपछि प्रशासन घेराउ गरिइएको हो ।

स्विवियु निर्वाचन अन्तर्गत भइरहेको मतदानमा फर्जीमत खसालेको भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरका थिए ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थीसंगठनले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले जानकारी दिनुभयो । नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?