काठमाडौं । विगत लामो समयदेखि २५ युपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको श्री डिस्टिलरिजले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ ल्याएको छ । जुन ४० युपी सेगमेन्टमा नेपाली बजारमा उपलब्धमध्येकै स्तरीय मदिरा रहेको कम्पनीका महाप्रबन्धक शुभास लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो । जसमा अल्कोहलको मात्रा २५ र ३० युपीको मदिरामा भन्दा कम हुन्छ । सात सय ५० एमएल, तीन सय ७५ र एक सय ८० एमएलको प्याकेजिङमा उपलब्ध रम फ्लेबरको यो मदिरा तातोपानीसँग मिसाएर सेवन गर्न सकिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच