सिके राउतकाे शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

भाषा आयोगबाट प्रकाशित 'सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू २०७८' र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिनुभएको थियो ।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?