सन्तोष श्रेष्ठको संगीतमा भारतीय गायक कुमार सानुले गाए ‘तिम्रो मायाको सागरमा’

Read Time = 2 mins

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको संगीतमा भारतीय गायक कुमार सानु र गायिका देविका बन्दनाले स्वर दिनुभएको छ । ‘तिम्रो मायाको सागरमा’ बोलको आधुनिक गीतमा कुमार सानु र देविका बन्दनाले स्वर दिनुभएको हो ।

बिहीबार देविका बन्दना नामक युट्युब च्यानलमार्फत् गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमबीच बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्तरूपमा गीत सार्वजनिक गर्नुभएको थियो । सुरेन्द्र मानन्धर ‘अमर’को शब्द रहेको गीतमा राजु कार्कीको एरेञ्जर छ ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्रियंका कार्की र आयुश जोशीको अभिनय छ । भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गर्नुभएको छ ।

श्रेष्ठको संगीतमा यसअघि भारतीय गायिका सञ्जीवनीले पनि गीत गाउनुभएको छ । सञ्जीवनीपछि श्रेष्ठले भारतीय लोकप्रिय र चर्चित गायक कुमार सानुको स्वरमा रहेको गीतमा संगीत भर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?