काबुल । विश्वविद्यालयमा आफूहरुलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् ।
देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर भेला भएका थिए । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।
विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरुलाई साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् ।
तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।
गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच