काठमाडौं । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउने उद्देश्यले आयोजना हुँदै आएको यस वर्ष राइट टु प्रोटिन रनको हाफ म्याराथनको तेस्रो संस्करण आगामी चैत १० गते हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा प्रत्येक वर्ष हुने प्रोटिन म्याराथन दशरथ रंगशालाबाट सुरु भएर भक्तपुरको सल्लाघारी हुँदै पुनः दशरथ रंगशालामा टुंगिने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आयोजक समितिका सचिव डा. शीतलकाजी श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई पाँच किलोमिटर (पुरुष) र तीन किलोमिटर (महिला) तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि हिृवलचेयर गरी आठवटा विधाका दौड समावेश गरिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच