विशाल फ्रेन्ड्समा अनुबन्ध

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्सले गोलकिपर विशाल सुनारलाई अनुबन्ध गरेको छ । फ्रेन्ड्सले सामाजिक सञ्जालबाट गोलकिपर विशाललाई अनुबन्ध गरिएको जनाएको हो ।

यसअघि फ्रेन्ड्सले फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको थियो । विशालले अघिल्लो सिजन मनाङ मस्र्याङ्दी क्लबबाट खेल्नुभएको थियो । फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यस्तै, डिफेन्डर असिम भुसालले फ्रेन्ड्ससँगको सम्झौता नवीकरण गर्नुभएको छ । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?