बृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ । आगलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन् । पछिल्लो तथ्यांकअनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ ।

आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरुमा जनाइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?