फुटको संघारमा सत्ता गठबन्धन, प्रचण्डलाई फकाउँदै एमाले

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनभित्र भागबण्डामा सहमति भएको छैन ।

गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएकाे छ ।

कांग्रेसले माओवादी केन्द्रलाई भागबण्डामा सहमति नगर्दा प्रचण्ड एमालेतर्फ नजिकिनु भएकाे हाे । एमाले र माओवादीको दोस्रो तहका नेताहरू यसअघि नै प्रचण्ड र ओलीलाई एक ठाउँमा ल्याउने पक्षमा थिए । कांग्रेससँग भागबण्डामा कुरा नमिलेपछि ओली प्रचण्ड थप नजिकिएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?